• अपडेट
    • कर्मचारी क्षमता अभिवृद्धि तालिम कार्यक्रमका सहभागीहरू

    निर्देशक

    रामकृष्ण श्रेष्ठ 9852060296
    प्रदेशलाई औद्योगिकरणतर्फ उन्मुख गराई औद्योगिक विकास गर्न आवश्यक नीति, ऐन, नियम तर्जुमा गर्दै औद्योगिक क्षेत्रमा लगानी आकर्षित गर्नको लागि औद्योगिक पूर्वाधारको निर्माण गर्दै लैजाने, मौजुदा पूर्वाधारको उपयोग गर्ने, कच्चा पदार्थको प्रसोधन गरी निर्यात जन्य पदार्थको उत्पादन गरी निर्यात गर्ने, लघु, घरेलु, तथा साना उद्योगहरुको माध्यमबाट गरिबी न्युनीकरण गरी प्रादेशिक अर्थतन्त्रलाई सबल बनाउदै, वाणिज्य क्षेत्रलाई सबल तुल्याउदै आन्तरिक, अन्तर प्रादेशिक तथा बाह्य ब्यापारको सहजीकरण, प्रवर्द्धन र नियमन मार्फत अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्यका साथ प्रदेश नं. १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत प्रदेश स्तरीय उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको स्थापना भएको हो । यस निर्देशनालयले प्रदेश नं. १ का १४ जिल्लाहरू स्थित घरेलु तथा साना उद्योग कार्यालयको सुपरिवेक्षण तथा अनुगमन गर्ने कार्य समेत गर्दछ ।

    फर्म नवीकरण र खारेजीका लागि विशेष व्यवस्था

    प्रचलित कानून बमोजिम दर्ता भइ खारेजीमा नपरेका तथा तोकिएको समयमा नवीकरण गर्न छुट भएका निजी तथा साझेदारी फर्महरूले नवीकरण वा खारेजीका लागि वि.सं. २०७९ साल फागुन मसान्त भित्र निवेदन दिएमा ३ वर्षको एक नवीकरण अवधि मानी प्रदेश नं. १ निजी तथा साझेदारी फर्म दर्ता ऐन, २०७७ को अनुसूची १ बमोजिम प्रत्येक नवीकरण अवधिको लागि लाग्ने […]

    फर्म अभिलेखीकरण सम्बन्धी विशेष व्यवस्था

    संघीय कानून बमोजिम दर्ता भइ प्रचलित प्रदेश कानून बमोजिम तोकिएको समयमा अभिलेखीकरण गर्न छुट भएका प्राइभेट तथा साझेदारी फर्मले अभिलेखीकरणका लागि २०७९ साल फागुन मसान्त भित्र निवेदन दिएमा रू १००।- दस्तुर लिइ अभिलेखीकरण गरिनेछ । (प्रदेश आर्थिक ऐन, २०७९ को दफा ११ को उपदफा (२) मा भएको व्यवस्था)  

    सम्पर्कको लागि

    हाम्रो ठेगाना

    त्रिवेणी मार्ग (ठूलो मिल चोक छेउ), विराटनगर-१

    ईमेल

    [email protected]

    फोन

    ०२१-४६०२९६